Monday, June 24, 2024

रौतहटबाट प्रदेश २ मा प्रतिनिधित्व गर्ने २ जना सासदले नेकपा ´एस`रोजे

पछिल्लाे समाचार

रौतहट १७ भदौ / प्रदेश २ मा रौतहट बाट प्रतिनिधित्व गर्ने २ जना सासदले नेकपा एकीकृत समाजवादी रोजेका छन ।
बिहिवार नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । रौतहटको क्षेत्रनम्वर ३ को ख बाट निर्वाचित नागेन्द्र यादव र समानुपातिक सासद हसिमा खातुनले नेकपा एस रोजेका छन ।
उनीहरुले बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरमा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।

प्रदेअ: २ मा एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्द न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, मनोज सेन श्रीवास्तव छन् ।
सांसद डिल्ली उप्रेती उपचारका क्रममा दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने बताईएको छ ।
यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ बिहीबार सनाखत गर्न आउन नसकेको ले उनीहरुले अर्काे दिन सनाखत गर्ने बताइएको छ ।
प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु