Friday, July 19, 2024

रौतहटमा असोज १ गतेबाट कोरोना विरुद्ध दोस्रो डोज भेरोसेल खोप लगाइने

पछिल्लाे समाचार


रौतहट,३१ भदौ //
रौतहटमा कोरोना विरुद्ध दोस्रो मात्राको भेरोसेल खोप असोज १ गतेबाट लगाइने भएको छ।
बुधबार जिल्ला खोप समन्वय तथा अनुगमन समिति रौतहटको बैठकले पहिलो मात्रा खोप लगाएकाहरुका लागी असोज १ गतेबाट ३ गतेसम्म दोस्रो मात्राको भेरोसेल खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहट गौरले जनाएको छ।
कार्यालयका अनुसार बिहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ।

चन्द्रपुर , गुजरा , बृन्दावन , फतुवा विजयपुर , कटहरिया , गरुडा , गढीमाई , मौलापुर र देवाही गोनाही गरि ९ ओटा पालिकाहरुमा रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुका लागी दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु