Thursday, June 13, 2024

रौतहटमा गएराती मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पछिल्लाे समाचार


रौतहट,६ असोज //
रौतहटमा गएराती मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मौलापुर बिधुत प्राधिकरणमा करार सेवामा फ्युजसेवामा कार्यरत कर्मचारी पप्पु पटेल रहेका छन्।

कटहरिया बाट आफ्नो घर देवाही गोनाही नगरपालिका वडा न ६ जाने क्रममा आफैले चलाईरहेको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका पटेललाई उपचारको लागि कटहरिया स्थित एक क्लिनिकमा लैजांदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको घटनाको वारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु