Wednesday, June 19, 2024

रौतहटमा लोसपा मा ४८ र नेकपा एसमा ११ जना जनप्रतिनिधीले गरे सनाखत

पछिल्लाे समाचार

रौतहट १७ भदौ / बिहिवार दिउँसो २ बजे सम्म महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रीक समाजवादी पार्टी मा ४८ जना र माधव नेपाल अध्यक्ष रहेका नेकपा एकीकृत समाजवादी पार्टीमा ११ जना स्थानिय तहका जनप्रतिनिधिले सनाखत गरेका छन ।

गौर नगरपालिकामा जसपा बाट ३६ जना निर्वाचित जनप्रतिनिधि हरु मध्ये ३२ जना जनप्रतिनिधि हरु लोसपामा रहने गरि जिल्ला निर्वाचन कार्यालय गौरमा सनाखत गरेको मेयर अजय गुप्ताले जनाएका छन ।
अध्यादेश ले पार्टी रोज्न पाउने भएपछि रौतहटमा पनि जनप्रतिनिधिहरु ले पार्टी रोजीरहेका छन ।
जिल्ला निर्वाचन कार्यालय गौरमा जनप्रतिनिधीहरुले सनाखत गर्ने काम भैरहेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिएका छन ।जनप्रतिनिधीहरुले भदौ २१ गते सम्म पार्टी रोज्न पाउने छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु