Monday, October 7, 2024

रौतहट संगै देश भर आज कुशे औँसी मनाइँदै

पछिल्लाे समाचार


रौतहट ,२२ भदौ //
रौतहट संगै देश भर आज कुशे औँसी मनाइँदै छ ।
आजको दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न पवित्र कुश घर–घरमा भित्र्याउने चलन रहेको छ ।
ब्राह्मणले पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ ।
कुशे औँसीको अवसरमा छोराछोरीहरूले आ–आफ्ना बाबुलाई मन पर्ने खानेकुरा, मिठाई , फलफुल लगायतको भोजन गराई आदर सम्मान प्रकट गर्दे बाबुको मुख हेर्ने चलन पनि छ।
बुबाको स्वर्गबास भएका छोराछोरीहरुले पवित्र नदी, पोखरी लगायतको जलासयमा स्नान गरी आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।
आजको दिन तर्पण र पीण्डदान गर्नाले स्वर्गीय पिताले आत्मको शान्ति एवं मोक्ष पाप्त गर्ने धार्मिक विश्वास रहिआएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु