Friday, June 21, 2024

संखुवासभामा एकै घरपरिवारका ६ जनाको हत्या

पछिल्लाे समाचार


संखुवासभा ,२१ भदौ //
संखुवासभामा एकै घरपरिवारका ६ जनाको विभत्स हत्या भएको छ ।
गए राति संखुवासभाको मादी नगरपालिका १ खोलागाउँ बस्ने तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
तेजबहादुरसहित उनका परिवारको हत्या भएको देखेपछि सोमबार विहान छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
घरमुली ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घटना समन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु