Wednesday, June 19, 2024

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु

पछिल्लाे समाचार


सप्तरी ,११ असोज //
सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका-२ बेल्हाका २२ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।
जितिया मेलाका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु भएको वडाध्यक्ष रामअबतार साहले बताएका छन् ।
करेन्ट लागेर घाइते भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु