Wednesday, February 18, 2026

सप्तरीमा नहरमा डुवेर एक युवकको मृत्यु

पछिल्लाे समाचार


सप्तरी ,१७ भदौ //
सप्तरीमा नहरमा डुवेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको हनुमानगर कंकालनी नगरपालिका वडा नं. १ भारदह लपटोलियाका २४ बर्षीय लक्षमण कुमार ईसर रहेका छन्।
मलेसियाबाट १५ दिन अगाडी मात्रै घर आएका लक्षमण साथीहरु संग भेटघाट गर्न गएका थिए।
भेटघाट पछि शौचालय गर्न गएको बेला नहरको डिलबाट लडेर नहरमा नै डुवेर मुत्यु उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
मृतक युवकको शव पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा ल्याएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु