Saturday, April 26, 2025

सर्लाहीमा एक पुरुषको शव फेला

पछिल्लाे समाचार


सर्लाही ,१३ असोज //

सर्लाहीको हरिवनमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
मंगलवार दिउँसो हरिवन बजार क्षेत्रमा लामो समयदेखि ज्याला मजदुरी तथा मागेर खाँदै हिँड्ने जुम्ली भन्ने अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हरिवन नगरपालिका–११, बजारस्थित निर्माणाधीन भवनको पछाडि इन्सार मियाँको खाली जग्गामा जमेको पानीमा पुरुषको शव फेला परेको हो।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु