Saturday, March 2, 2024

सिरहाबाट मानव बेच बिखन अभियोगमा दुई महिला पक्राउ

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


सिरहा ,२६ भदौ //
सिरहाबाट मानव बेच बिखन अभियोगमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षिय ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका १ बाखैरकी ३५ वर्षिय उषा देवी रहेका छन् ।
१६ र १९ वर्षीया दुई किशोरीलाई भारततर्फ लैजादैँ गरेको अवस्थामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
जागिर लगाई दिन्छु भन्दैँ ललाई फकाई गरि लैजादैँ गरेको अवस्थामा दुवै किशोरीको उद्धार गरिएको श्रेष्ठले बताएका छन् ।
पक्राउ परेका दुवै जनामाथि मानव वेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप अनुमति लिई थप अनुसनधान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु