Sunday, May 26, 2024
No menu items!

सिरहामा दुई परिवारबीच झडप हुँदा एकजना वृद्धाको मृत्यु

पछिल्लाे समाचार


सिरहा,१६ भदौ //
सिरहामा दुई परिवारबीच झडप हुँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कल्याणपुर नगरपालिका-१ डुमरीका ६५ वर्षीया भाल्सैरदेवी यादव रहेका छन्।
सामान्य विावद हुँदै झगडा चर्केपछि, निर्घाट कुटपिटका कारण भालसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी प्रमुख सुभाष बुढाथोकीले जानकारी दिएका छन् ।
महिलाको मृत्यु भएको खबर प्राप्त हुनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनामा संलग्न रहेका जयकुमारलाई हिरासतमा लिएको छ, भने श्रीदेव फरार भएका छन्। फरार श्रीदेवको खोजि कार्य भइरहेको सिराहा प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाहानमा राखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु