Wednesday, May 22, 2024

सिराहाको सामुदायिक वनमा वृक्षारोपण

पछिल्लाे समाचार


सिराहा ,१७ भदौ //
सिराहामा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान २०७८ अन्तर्गत सामुदायिक वनको ५ विगहा जग्गामा वृक्षारोपण गरिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका ३ स्थित कमला देवी सामुदायिक वनमा कर्मचारीहरुले बुधवार वृक्षारोपण गरिएको हो।
जिल्ला डिभिजन वन कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त आयोजनामा सो जग्गामा आँप, जानमुन, मसला, खयर र साल लगायतका विरुवाहरु रोपेका छन्।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको नेतृत्वमा गरिएको वृक्षारोपणमा डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु