Wednesday, May 22, 2024

हुण्डी कारोबार गरेको अभियोगमा वीरगंजबाट दुई जना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,३१ भदौ //
हुण्डी कारोबार गरेको अभियोगमा वीरगंजस्थित एक ज्वेलर्सका संचालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ज्वेलर्सका संचालक वीरगंज महानगरपालिका–६ बस्ने ४५ वर्षीय कन्हैया प्रसाद सोनार र सोहि ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका–३ बस्ने २० वर्षीय दिपक कुमार सर्राफ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थान चोक अगाडि रहेको सोनारले आफ्नै घरमा संचालन गरेको केपी स्वर्ण कला केन्द्र भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको क्राइम शाखाका प्रहरी नायब निरीक्षक विनोद कुमार सिँहको नेतृत्वमा खटिएको टोलीले बुधबार राती केन्द्रमा छापामारी गरेको हो ।
छापामारीको क्रममा खानतलासी गर्दा श्रोत नखूलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद गरिएको निरीक्षक सिँहले जानकारी दिए।
पक्राउ परेका दुवै माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु