Wednesday, February 18, 2026

२० वर्ष कैद तोकेपछि फरार भएका एक अभियुक्त पक्राउ

पछिल्लाे समाचार


सप्तरी ,२३ भदौ //
अदालतले २० वर्ष कैद तोकेपछि फरार भएका एक अभियुक्तलाई सप्तरीबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको साबिक मानराजा गा.बि.स.वडा नं.०७ हाल बोदेबरसाईन नगरपालिका वडा नं.७ बगबिरा टोलका दाना लाल यादव रहेका छन्।
जाहेरवाला बिजय नारायण कापैरको भाई गंगाराम कापैरलाई सोही ठाउँका मकैया भन्ने सचिव कुमार सदा , बिजय कुमार यादव र दानालाल यादवले मिति २०६२ साल तिर कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतको मिति २०७३।०१।२२ गते फैसलाले २० बर्ष कैद ठहर भई फरार रहेका यादवलाई गाउँ घरमा नै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख माधव प्रसाद काफलेले जानकारी दिएका छन् ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउदा कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु