Friday, May 24, 2024

अर्थ तथा योजना राज्य मन्त्री यादवद्वारा बारामा जानकी मन्दिरको शिलान्यास

पछिल्लाे समाचार


बारा ,२३ असोज //
बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ मा रहेको ईटहर गाउँमा जानकी मन्दिरको शिलान्यास गरिएको छ ।

प्रदेश २ को अर्थ तथा योजना राज्य मन्त्री उषा कुमारी यादवले मन्दिरको शिलान्यास गरेकी हुन्।

मन्दिर निर्माणको लागि करैयामाई गाउँपालिका वडा नम्बर ८ बाट करिब तिन लाख रुपैया बजेट बिनियोजित गरिएको छ भने बाँकी रकम प्रदेश सरकारको संसदीय मन्त्री यादवको कोषबाट दिइने वडाध्यक्ष सुरेन्द्र साहले जानकारी दिएका छन्।
मन्दिर शिलान्यास कार्यक्रममा वडा नं. ८ को वडा अध्यक्ष सुरेन्द्र साह, करैयामाई गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सोनालाल साह, रामनारायण साह, कामेश्वर यादव, लिला देवी पंडित, जोगिन्द्र पंडित, रामअयोध्या पटेल, देवलाल चौधरी, जोगिन्द्र राउत, रामबिलास साह लगायत वडा नम्बर ८ को स्थानिय बासीहरुको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु