Saturday, March 2, 2024

अवैध चाँदीको गहनासहित एक युवक पक्राउ

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


सप्तरी ,२३ असोज //
सप्तरीबाट अवैध चाँदीको गहनासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माेरङकाे रङ्गेली नगरपालिका वडा नम्बर ९ निवासी २६ वर्षीय उमेश विक रहेका छन् ।
सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नम्बर १ भारदहबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भारदहकाे टाेलीले चेकजाँचकाे क्रममा विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

उनका अनुसार विकको साथबाट सादा पाउजु ८८ पिस ,जेन्स ब्रासलेट २७ पिस , लेडिज ब्रासलेट ३ पिस ,झालर पाउजु ३० पिस ,बच्चाको पाउजु ६२ पिस ,सिक्री ७२ पिस ,बच्चाको चुरा २८ पिस गरी कुल ७ किलाे चाँदीको गहना अर्थात ६ लाख ६० हजार मूल्य बराबरको अवैध समान बरामद गरिएको हो।

गरगहनासहित विकलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाएको सप्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु