Thursday, November 14, 2024

आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने : आयल निगम प्रमुख यादव

पछिल्लाे समाचार


पर्सा ,३ कार्तिक //
आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने नेपाल आयल निगम वीरगञ्जका प्रमुख पवन यादवले बताएका छन्।
उनले आजदेखि पेट्रोल सहजरूपमा पाइने दाबी गरेका छन्।
चार दिन भन्सार, बैंक तथा अन्य कागजी प्रक्रिया पुरा हुन नसकेका कारण करीब सात दिनदेखि पेट्रोल नआएको उनले बताएका छन् ।
पेट्रोल पम्पमा पेट्रोल नपाउँदा उपभोक्ताहरू समस्यामा परिरहेका छन् ।
अतिआवश्यक एम्बुलेन्सले पनि नेपालमा पेट्रोल नपाउँदा भारतीय सीमावर्ती बजारमा गई इन्धन भर्न बाध्य भएका थिए ।
गत तीन दिनदेखि अभाव खड्किएको हो, एक थोपा पनि पेट्रोल छैन, केही एम्बुलेन्स, मोटरसाइकल, कार भारतबाट पेट्रोल भरेर आइरहेको प्रमुख यादवले स्पष्ट पारे ।
अहिले बरौनीबाट पेट्रोल ल्याएर अमलेखगंज डिपोमा भण्डारण गरेपछि पर्सा, बारा क्षेत्रका पम्पहरूले पेट्रोल पाउने उनले बताएका छन् ।
मङ्गलवार ८० वटा ट्याङ्कर पेट्रोल भर्न बरौनी गएको र आज अपराहनदेखि अवस्था सामान्य बन्दै जाने प्रमुख यादवले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु