रौतहट ३० असोज /दुर्गापुजाको अवसरमा रौतहटको विभिन्न स्थानहरुमा मेला लागेका छन । धेरै जसो मेलाहरुमा आर्केष्ट्रा ले भिडभाड बनाएको छ ।
मेलामा रातभर नै नाचगान का साथै सास्कृतिक कार्यक्रमहरुको आयोजना भएका छन ।
कोरोनाको जोखिम कायमै रहेको अवस्थामा भिडभाड गरेर मेला उत्सव मनाउदा कोरोनाको जोखिम बढीहुने चिकित्सकहरु बताउछन ।
जिल्लाको दर्जनौ स्थानमा सास्कृतिक कार्यक्रम गरीएका छन ।स्थानिय प्रशासनले आर्केष्ट्रा लाई रोक लगाएपनि धेरै स्थानमा प्रर्दशन गरिएको स्थानियले बताएका छन ।
अर्धनग्न डान्स देखाउदा समाजमा नकरात्मक असर पर्ने भन्दै स्थानिय प्रशासनले रोक लगाउदै आएको थियो ।
अर्धनग्न नाच अर्थात आर्केष्ट्रा मा नाच्न भारतका महिला कलाकारहरु समेत आउने गरेका छन ।
राजदेवी नगरपालिका पथरामा जिल्ला प्रहरी कार्यालय रौतहटले अर्धनग्न डान्स मा रोक लगाए अटेर गरि आयोजकहरुले संचालन गरेको कतिपयको गुनासो छ ।
समाजमा बिकृत फैल्याउने यस्ता कृयाकलाप लाई सवैको सहयोगमा हटाउन सकिने भएकाले यस्ता बिषयमा सवैले सहयोग गर्नुपर्ने प्रहरीको भनाइ ।
फोटो : रौतहटको एक गाउमा लागेको मेलामा नाच देखाउदै ।सामाजीक संजाल बाट