Thursday, June 13, 2024

कांग्रेस कार्यकर्ता द्वारा एमाले जिल्ला सदस्य जयसवाल सहित केहि मानिसहरु माथि कुटपिट

पछिल्लाे समाचार


रौतहट , १२ कात्तिक //
मौलापुर नगरपालिका, मर्यादपुर निवासी नेकपा एमाले रौतहट जिल्ला कमिटीका सदस्य क. लालबाबू जयसवाल,लक्षुमण साह ,छोरा अरुण जयसवाल,चमेली देविलाई कुटपिट गरेको छ ।
श्याम यादवको नेतृत्वमा गएका मानिसले कुटपिट गरेको हो।
लालबाबुका भतिज अनिल जयसवालको पसलमा राती गएर श्याम यादवले बियर माग गर्दा र पसलेले नदिंदा झडप भएको थियो ।
बियर नदिएको कारण राजनीतिक रुप लिएपछि वडा अध्यक्ष राम प्रवेश यादवको ईसारामा आक्रमण भएको स्थानीय नवलकिशोर यादवले बताएका छन्।
आक्रमणमा परेर जिल्ला सदस्य लालबाबु जयसवाल ,लक्षुमण साह,अरुण जयसवाल,चमेली देवि,श्याम यादव सहित घाइते भएका छन् ।
घाइते मध्ये केही स्थानीय अस्पताल र केहिलाई उपचारका लागि बिरगंज पठाइएको बताइएको छ।

एमाले जिल्ला सदस्य सहित माथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पुर्व मन्त्री प्रभु साह तथा नेकपा एमाले रौतहटका अध्यक्ष तुलसी गिरिले जनाएका छन्।

साथै ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणको घोर भर्त्सना गर्दै घटनामा संलग्न अपराधीहरुलाई तत्काल कानूनी दायरामा ल्याई कारवाही गर्न गृह प्रशासन समक्ष जोडदार माग समेत गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु