Sunday, May 26, 2024

बारामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

पछिल्लाे समाचार

बारा , २८ असोज ।
बारामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाराको कोल्हबी नगरपालिका २ का ३८ वर्षीय पेमा दोर्जे घिसिङ र मोटरसाइकलमा सवार सोहि स्थान का ४० वर्षीय डेनी स्याङताङबो रहेका छन्।
बुधबार राति साढे ९ बजे तामागढीबाट कोल्हबीतिर गइरहेको बा ११ च ४५११ नम्बरको कारले विपरित दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट मोटरसाइकलमा सवार घिसिङ र स्याङताङबो दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
कार चालकसहित तीजना घाइते भएका छन् । घाइते हुनेहरुमा कारका चालक कोल्हबी २ का ४५ वर्षीय बद्री अधिकारी, कारमा सवार १८ वर्षीय रोहीत पण्डित र २५ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले बताए ।
यसैबीच मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहीबार बिहान कोल्हबी बजारमा प्रदर्शन गरिएको छ । उनीहरुले केहिबेर सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए । अहिले भने बजारको अवस्था सामान्य रहेको छ ।
घाइते कार चालक अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकोछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु