पर्सा , १४ कात्तिक //
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।
किशोरी ट्युसन पढ्न जाने क्रममा कार्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।