Wednesday, May 22, 2024

गरुडामा उपमेयर सहित २६ जनाले बहिष्कार गरे नगरसभा

पछिल्लाे समाचार


रौतहट ,१७ असोज //

जिल्लाको गरुडा नगरपालिकाको छैटौं नगरसभा २६ जनाले बहिष्कार गरेका छन् ।

आज भएको छैठौं नगरसभामा उपमेयर रंगिलादेवी जयसवाल सहित २६ जना कार्यपालिका सदस्यले भाग नलिएर सभा बहिष्कार गरेका हुन् ।
लामो समय देखि बेथिति रहेको गरुडा नगरपालिकामा ४६ मध्ये २६ कार्यपालिका सदस्यले आजको नगरसभा बहिष्कार गरेका छन्।
नगरसभाका बारेमा मेयर र निमित प्रमुख प्रशासकिय अधिकृतले दुई थरिको सूचना जारी गरेका थिए ।

निमित प्रमुख प्रशासकिय अधिकृत महम्द मुस्ताक आलमले प्रक्रिया नपुगेको भन्दै नगरसभा स्थगित भएको सूचना जारी गरेका थिए भने नगरप्रमुख इन्नु राय यादवले नगरसभा हुने सूचना जारी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु