Thursday, June 13, 2024

चन्द्रपुरबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

पछिल्लाे समाचार


रौतहट , ११ कात्तिक //
जिल्लाको चन्द्रपुरबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।


पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ पोखरिया बस्ने २२ वर्षीय रोज महमद र सोही नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षीय देवेन्द्र दास रहेका छन्।


चन्द्रपुर नगरपालिका वडा नम्बर ४ पुर्व पश्चिम राजामार्गबाट विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
झोला भित्र लुकाई छिपाई ल्याएको ३००० पिस नाइट्राजेपाम र १० पिस नाइट्राभेट ट्याव्लेट बरामद गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन्।

पक्राउ परेका २ जनामाथि बिशेष अनुसन्धान भईरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु