Friday, January 24, 2025

जङ्गली हातीले धान बाली नष्ट

पछिल्लाे समाचार


रौतहट , ७ कत्तिक //
रौतहटमा जङ्गली हातीले धान बाली नष्ट गरेको छ ।
प्राृकतिक बिपत्ति संगसंगै जङ्गली हातीले समेत किसानको बाली नष्ट गरेको हो ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडानम्बर ८ को मोतिपुर, मरधर र वडानम्बरको ९ स्थित मरिनटोलका किसानको खेतमा उत्पादन हुन लागेको धान बाली नष्ट गरेको स्थानियहरुले बताएका छन् । जङ्गली हातीको कारण किसानहरु मर्कामा परेका छन् ।
दिउसोको समयमा देखा नपर्ने र रातको समयमा आएर किसानको खेतमा रहेको बाली खाएर नष्ट गरिदिएको स्थानीय श्याम श्रेष्ठले बताएका छन् ।
जङ्गली हाती धपाउन स्थानीयको प्रयास असफल रहेको उनले बताएका छन् ।
बिगत चार दिन देखि आईरहेको जङ्गली हातीले स्थानीय ज्ञान बहादुर बिक, बेनी महरा र बिश्वनाथ मास्केको डेढ बिगाहा जमिनको धान बाली नष्ट गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु