Monday, June 24, 2024

जनप्रतिनिधिहरुले नै थुपारदिए मेयरको घर अगाडी फोहोर

पछिल्लाे समाचार


जनकपुरधाम , १४ कात्तिक //
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडि जनप्रतिनिधिहरुले नै फोहोर थुपारदिएका छन्।
दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै उपमहानगरकै केही वडाध्यक्षहरुले नै नगर प्रमुख साहको घर अगाडी फोहोर थुपारेका हुन् ।
ड्म्पिंग साइटको अभावमा उपमहानगर भित्रको फोहोर दीपावली नजिकिए पनि उठ्न नसकेपछी स्थानीयमा आक्रोस देखिएपछी नगरप्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले त्यो आक्रोश जनप्रतिनिधिमा समेत देखिएको छ ।

ट्रैक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफै ट्रैक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए ।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रैक्टरसम्म उपलब्ध नगराएकोले बिरोधस्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु