Friday, June 21, 2024

जनमत पार्टीले गर्यो धनुषामा मोटरसाइकल प्रदर्शन

पछिल्लाे समाचार


धनुषा ,१० कात्तिक //
धनुषाको मिथिला नगरपालिकामा जनमत पार्टीले मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।
आफ्ना नेताकार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार मंगलबार मिथिला नगरपालिकाको ढल्केबरसहित प्रदेश २ का जिल्लाहरुमा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको हो ।
भ्रष्टाचारीलाई कारबाही गर, झुठा मुद्दा खारेज गर, डा. सिके राउत जिन्दावाद सहितका नेताकार्यकर्ताहरुले नगरपरिक्रमा गरेका थिए ।
गएको बिहीबार जनकपुरधाम स्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यबहार गर्ने १७ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।
सोहि विरुद्धमा जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु