Wednesday, May 22, 2024

जारी साफमा नेपाल पराजित

पछिल्लाे समाचार

काठमाडौं, २५ असोज ।
साफ च्याम्पियनसिप २०२१ मा नेपाललाई भारतले पराजित गरेको छ ।

आइतबार राति माल्दिभ्सको रंगशालामा भएको खेलमा नेपाललाई भारतले १–० गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८२ मिनेटमा भारतले गोल गरेको छ ।

भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए ।
यो साफमा भारतको पहिलो जित हो । यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए ।

नेपालको भने यो पहिलो हार हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।

साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ ।
समूह चरणको अन्तिम दिनको खेलमा नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुनेछ । नेपालले फाइनलमा स्थान बनाउन अवको खेल बराबरी खेल्नु पर्नेछ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु