Wednesday, June 19, 2024

डुमरियामा दुई दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन

पछिल्लाे समाचार


रौतहट ,२३ असोज //
रौतहटको इस्नाथ नगरपालिका वडा नम्बर ९ को डुमरियामा दुई दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरिएको छ।
वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ को प्राविधिक सहयोग तथा इस्नाथ नगरपालिकाको आयोजनामा र नगरप्रमुख सन्तोष महेताको विशेष पहलमा डूमारिया हेल्थ पोस्टमा सो शिविर उद्घाटन गरिएको हो।
शिविरको पहिलो दिन ५ सय जना भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

शिविरमा वीरगञ्जबाट आएका विभिन्न रोगका विषेशज्ञहरुले विरामीहरुलाई परामर्श दिनुका साथै निशुल्क औषधीसमेत वितरण गरेका थिए । नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। सरोज रोशन दास, नारायणी वयोधा अस्पतालकी प्रसूति विभाग प्रमुख सविना रेग्मी, नारायणी आई सेन्टरका राजेश यादव, प्रभात चौरसियालागायातले विरामीहरुलाई परामर्श दिएका थिए ।
स्वास्थ्य शिविर शनिवार पनि जारी रहने छ । शनिबारको शिविरमा थप ३ विषयका विषेशज्ञ चिकित्सकहरु आउने नगरपालिकाले जनाएको छ ।
शिविरमा भोलि आँखामा समस्या भएका रोगीहरुलाई निशुल्क चस्मा वितरण गरिने छ ।
स्वास्थ्य शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शेख इसराजुल, हेल्थ पोष्ट इन्चार्ज विजय यादव, स्वास्थ्यकर्मी अरुण महेता, धुर्व श्रीवास्तव, सुनिल साह, विवेक गुप्ता, प्रीति साह, समाजसेवी सुधाकरमहेता, मनोज महेता लगायतले सहयोग गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु