Wednesday, May 22, 2024

ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, अन्य ६ जना घाइते

पछिल्लाे समाचार


सिरहा , ११ कात्तिक //

सिरहामा माटो खन्न गएकी बालिकाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ,भने अन्य छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ५ का प्रकाश कामतकी ११ वर्षीया छोरी करिश्मा कुमारी कामत रहेकी छिन।
उनीहरु बुधबार विहान करिब साढे ८ बजेको समयमा धनगढीमाई नगरपालिका वडा नं. ६ मा माटा खन्न गएका थिए।
ढिस्कोमा परी ३० वर्षीया ममता कामत, ७ वर्षीया सरिता महतो, ७ वर्षीया सबिता यादव, १० वर्षीया नेहा कुमारी कामत, ११ वर्षीया रुबि कुमारी कामत, २५ वर्षीया सितादेवी कामत घाइते भएको सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिएका छन्।
उनीहरुको उपचार भईरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु