Tuesday, September 17, 2024

तथ्यपरक गणना गर्न रौतहटका प्रमुख जिल्ला अधिकारी शाहीको निर्देशन

पछिल्लाे समाचार


रौतहट, १४ कात्तिक //
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले तथ्यमा आधारित गणना गर्न गणकहरुलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय जनगणना अभियान २०७८ सुरु हुन लागेको सन्दर्भमा (आज )शनिवारदेखि जिल्लामा आयोजित ४ दिवसीय गणकहरुको तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शाहीले १० वर्षमा एकपटक गणना गर्ने कार्य भइरहेकोले सचेत र सजग भएर कोही नछुट्ने र नदोहोरिने गरी गणना गर्न आग्रह गरेका हुन् ।

उनले राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक विकासको मेरुदण्डको रुपमा रहेको दस्ताबेज जनगणना भएको ले धार्मिक , सांसकृतिक , भेष भुषा , भाषाको राम्ररी ध्यान दिनु पर्ने जरुरि रहेको बताएका छन् ।

नेपालमा बसोबास गर्ने सबै वर्ग, समुदाय, धर्म,जातजाति, लिङ्ग, भाषाभाषीको गणना गर्नुपर्ने बताउदै गणना गर्न जाँदा मातृभाषाको प्रयोग गरेर पूर्ण विवरण संकलन गर्न समेत सुझाव दिएका छन् ।
विवरण संकलन गर्न जाने गणकहरुलाई यथार्थ विवरण उपलव्ध गरेर नेपाल सरकारको राष्ट्रिय जनगणना अभियान सफल बनाइ दिन जिल्लाबासीमा उनले अनुरोध समेत गरेका छन्।
रौतहट जिल्लाको स्थानीय तहहरुबाट ६३७ जना गणक तालिममा सहभागी भएको जिल्ला जनगणना कार्यालय रौतहटका जनगणना अधिकारी देवनाथ यादवले बताएका छन् ।
नयाँ ढंग र सोचको आधारमा भईरहेको जनगणनामा प्रति परिवारको सम्पति, कृषि, पशुपन्छी, भाषा,धर्म ,जातजाती, लिङ्गको पहिचान खुल्ने गरी प्रश्नावली तयार गरिएको यादवले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु