Friday, June 21, 2024

तेस्रो मेयर कपमा आज वडा नं. ११ र १२ प्रतिस्पर्धा गर्दै

पछिल्लाे समाचार


बागमती , ८ कत्तिक //
बागमती नगरपालिका–४, जिरायतमा जारि तेस्रो मेयर कपमा आज सोमबार वडा नं. ११ र १२ ले प्रतिस्पर्धा गर्दै छन्।
बागमती नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरिरहेको हो । प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै हिजो भएको प्रतियोगितामा आइतवार वडा नं. ५ बिजयी भएको छ । वडा नं. १० शंकरपुरलाई ३–० गोलले पराजित गर्दै वडा नंं. ५ राजघाट बिजयी भएको हो ।
आइतवारको खेलमा बिजेता टिम वडा नं. ५ को जर्सी नंं. १३ का विमल घिसिङ म्यान अफ दि म्याच घोषित भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु