Sunday, May 26, 2024
No menu items!

दुर्गापुजाको प्रतिमा विसर्जन गर्न गएका एक युवकको पानीमा डुबेर मृत्यु

पछिल्लाे समाचार


महोत्तरी ,३१ असोज //
महोत्तरीमा दुर्गाको प्रतिमा विसर्जन गर्न गएका एक युवकको पानीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने १८ वर्षीय सुमित साह रहेका छन्।
उनी गाउँलेसंगै शनिबार मूर्ति विसर्जन गर्न गएका थिए ।
साँझ घर नफर्केपछि आफन्तले खोजविन सुरु गरेका थिए ।सुमितको शव आइतबार बिहान करिब ११ बजे जलेश्वर स्थित भार्गवसर पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।
सुमित मादक पदार्थ सेवन गरेर मूर्ति विसर्जन गर्न जाँदा मूर्तिले च्यापिएर डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
सुमितको मृत्युको विषयमा पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु