Wednesday, May 22, 2024

देशको धेरैजसो स्थानमा बर्षा हुँदै ,बुधबार सम्म बर्षाको सम्भावना

पछिल्लाे समाचार


रौतहट ,२ कार्तिक //
हाल देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।


वर्षा बुधबारसम्म जारी रहने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन।चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु