Sunday, May 26, 2024
No menu items!

धनुषाको एक पेट्रोल पम्पमा डकैती ,डाँकाहरूले रड प्रहार गर्दा सञ्चालक घाइते

पछिल्लाे समाचार


धनुषा ,१९ असोज //

धनुषाको विदेह नगरपालिका-७ स्थित रोसन ज्योती पेट्रोल पम्पमा डकैती भएको छ ।
गएराती १०/१२ जना डाँकाहरूको समूह आएर नगद, सुनचाँदी र मोवाइल लुटेर लगेको बताइएको छ ।

डाँकाहरूले रड प्रहार गर्दा पेट्रोल पम्पका सञ्चालक शम्भुनारायण साहको टाउकोमा चोट लागेको छ ।

जकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत साहको टाउकोमा सात वटा टाँका लगाइएको छ ।
डाँकाहरूले ६ लाख नगद, ६/७ तोला सुन र केही चाँदी लुटेर लगेको उनले बताएका छन् ।
पीडितले गिद्धा प्रहरी चौकीमा खबर गरेको र प्रहरी घटनास्थल पुग्दा उनीहरू भागिसकेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु