रौतहट ,३ कार्तिक //
बर्षाका कारण धानबालीमा क्षेती पुगेको भन्दै किसानलाइ क्षेतीपुर्ती दिन नेपाली कांग्रेसका नेता एबम् संघीय सांसद देव प्रसाद तिमल्सिनाले सरकारसँग माग गरेका छन्।
केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण बिभिन्न जिल्लाहरुमा पाकेर भित्र्याउनका लागि ठिक भएको धान बाली खेतमै डुबेर नष्ट भएको छ।
ऋण लिएर खेती गर्ने किसानको आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा हजारौ किसान मर्कामा परेको छन ।
सांसद तिमल्सिनाले मंगलबार सामाजिक सञ्जाल मार्फत आवाज उठाउँदै लेखेका छन् “भित्र्याउने बेलाको अन्नवाली केही दिन देखिको अविरल बर्षाको कारण डुबानमा परेको छ कृषक लाइ यो भन्दा बढी पिडा के हुन सक्ला र आफु मात्र होइन उत्पादन गरेर अरुलाइ पनि खुवाउने कृषक माथीको यो पिडा लाइ तत्काल राहत हुने गरि आवश्यक उद्वार, राहात र क्षतिपूर्ति को तत्काल व्यावस्था गर्न नेपाल सरकार सग माग गर्दछु ”
भन्दै सरकारको ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन सांसद तिमल्सिनाले माग गरेका हुन्।