Friday, February 14, 2025

नक्कली नोटसहित एकजना तरकारी व्यापारी पक्राउ

पछिल्लाे समाचार


महोत्तरी , ११ कात्तिक //
महोत्तरीबाट नक्कली नोटसहित आज एक जना तरकारी व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पर्नेमा जिल्लाको गौशाला नगरपालिका ९ डुवरबन्ना बस्ने ४४ वर्षीय सुकन महतो रहेका छन्।
उनलाई नेपाली र भारतीय नक्कली नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा ग्राहकलाई नक्कली रुपैयाँ दिएपछि यो घटना बाहिर आएको हो।
ग्राहले उक्त नोट नक्कली दिएको भनेपछि महतोमाथि अनुसन्धान गर्ने क्रममा निजले गौशालास्थित डेरा गरी बस्दै आएको घर तलासी गर्दा नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ नक्कली रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
बरामद नक्कली नोटसहित पक्राउ परेका महतोमाथि यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु