Friday, June 21, 2024

नगर प्रमुख गुप्ताद्वारा निशुल्क आँखा शिविर उद्घाटन

पछिल्लाे समाचार


रौतहट,१६ भदौ //
रौतहटको गौर नगरपालिकामा एकदिने निशुल्क आँखा शिविरको उद्घाटन गरिएको छ।

गौर नगरपालिकाको आयोजना तथा डाक फ़ाउनडेसन को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको संयुक्त आयोजनामा शनिवार नगर प्रमुख अजय गुप्ताले निशुल्क आँखा शिविरको उद्घाटन गरेका हुन्।
गौर नगरपालिकाको प्राङ्गण र गौर नपा वडा नं.८ पुरेनवा आधारभूत विद्यालायमा शिविर संचालन गरिएको नगरपालिकाले जनाएको छ।


अन्य जिल्ला लगायत भारतीय नागरिकले पनि नि:शुल्क आँखा शिविरमा उपचार गराउन पाउने अभिप्रायले सो शिविर संचालन गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिएका छन्।

शिविरमा अपरेसन देखि सम्पुर्ण सेवा सुविधा नि:शुल्क हुने उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु