Tuesday, April 22, 2025

नेपालमा शुक्रवार सम्ममा ७ लाख ७४ हजार बढी कोरोना संक्रमित

पछिल्लाे समाचार


काठमाडौँ, २२ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ र एन्टिजेन विधिबाट १ हजार २२२ एन्टिजेन परीक्षण गरिएकोमा ७ सय ६४ जनामा संक्रमण देखिएको हो ।
नेपालमा  कुल संक्रमितको संख्या ८ लाख ९३ हजार ८३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३ जना कोरोनामुक्त भएका छन् ।  निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३१३ संक्रमित आइसीयुमा छन् भने ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६४ लाख ४१ हजार ६ सय ३२ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८० लाख ४१ हजार ५ सय ९४ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु