रौतहट ,४ कार्तिक //
रौतहटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले जुलुस र सभाको आयोजना गरेको छ ।
नेमकिपा रौतहट जिल्ला समितिको आयोजनामा जिल्लाको सदरमुकाम गौरमा एमसीसी सम्झौता खारेजीको माग गर्दै बुधवार साँझ प्रदर्शन गरेको हो ।
एमसीसी सम्झौता अमेरिकी सेनाको हिन्दप्रशान्त रणनीतिको सैन्य गठबन्धन हुदाँ पनि नेपालका शासक दलका नेताहरुले जनतासामू भ्रमको खेती गरिहेको नेमकिपा केन्द्रीय सदस्य उकेश कवांले बताएका छन्।
उनले एमसीसी सम्झौता पास गर्नेहरु अफगानिस्तानको घानी सरकार जस्तै देश छोडेर भाग्नुपर्ने स्थिति आउने बताए।
कंवाका अनुसार नेमकिपाले सदैव नेपाल र नेपाली जनताको अहितमा रहेको असमान सन्धिसम्झौताहरु को निरन्तर विरोध गर्दै आएको छ। नेमकिपाले एमसीसी विरुद्ध बारा र पर्सामा समेत प्रदर्शन गरेको थियो ।