Wednesday, October 9, 2024

प्रदेश २ मा पेट्रोलियम पदार्थको हाहाकार

पछिल्लाे समाचार


रौतहट ,२ कार्तिक //
प्रदेश २ का अधिकांश जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।
पेट्रोलियम पदार्थ नहुँदा वीरगञ्ज लगायत ग्रामीण क्षेत्रका पेट्रोल पम्पहरू बन्द भएको कारण समस्यामा परेको सवारी चालकहरु बताउछन।
।चालक तथा यात्रुहरू अहिले एम्बुलेन्सलगायत अति जरुरी परेकाहरूले भारतको रक्सौलमा पुगी तेल भर्न बाध्य भएका छन्।
यस बिषयमा नेपाल पेट्रोलियम डिलर एसोसिएशनका अध्यक्ष बिनोद चौरसियासँग बुझ्दा २ दिनदेखि यस भेगमा इन्धन सकिएको बताएका छन् ।
उनका अनुसार आयल निगमका निर्देशक दीपक बरालको निर्देशनमा अमलेखगंज डिपोबाट ८० प्रतिशत इन्धन काठमाडौंलगायत अन्य पहाडी जिल्लामा दशैंको बेला पठाएको थियो।
डिपो खाली रहेकोले अमलेखगंजबाट तेल वितरण बन्द भएको चौरसियाले बताएका छन् ।

दशैंको कारण कर्मचारी बिदामा रहेकाले भारतबाट इन्धन आएपछि तराईका जिल्लाहरूमा आपूर्ति हुने उनले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु