Monday, May 19, 2025

प्रदेश २ लोकसेवा आयोगलाई गालीगलोज गर्ने महोत्तरीका एक युवक कार्यवाहीमा

पछिल्लाे समाचार


जनकपुरधाम ,३१ असोज //

प्रदेश २ लोकसेवा आयोगलाई गालीगलोज गर्ने महोत्तरीका एक युवकलाई आयोगले कालोसूचिमा राखेर कार्यवाही गरेको छ।
लोकसेवा आयोगले महोत्तरीको एकडाडा गाउँपालिका बथनाहा बस्ने बच्चनदेव झाका छोरा प्रनित कुमार झालाई एकवर्षको लागि कालोसूचिमा राखेर कार्यवाही गरेको हो।
कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापन गर्दा प्रनितले दरखास्त दिएका थिए ।
उनको केहि प्रमाणपत्र अपुग रहेको विषयमा आयोगले इमेल मार्फत जवाफ माग गरेको थियो ।

​तर, प्रनितले अपशब्द गालीगलोज गरेर आयोगलाई इमेलमा जवाफ फर्काएपछि उनलाई कार्यवाही गरेको आयोगले जनाएको छ।
आयोगले गएको असोज ६ गते सूचना प्रकाशन गरी प्रनितलाई कालो सूचिमा राखेर कारबाही गरेको जनाएको छ ।उनले अब एक वर्ष लोकसेवा आयोगको कुनैपनि परीक्षामा सामेल हुन पाउने छैनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु