Friday, January 16, 2026

बडा दसैं आज , टीकाको उत्तम साइत १०ः०२ बजे

पछिल्लाे समाचार

रौतहट, २९ असोज ।
बडादसैंको आज मुख्य दिन टीकाको दिन हो । आज मान्यजनबाट टीका र जमरा थापेर दसैं मनाइन्छ।
साइत हेर्नेहरूका लागि घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ भने टीकाको उत्तम साइत १०ः०२ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने छ। आजको दिनदेखि कोजग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।
दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेको किम्बदन्तीमा उल्लेख छ । सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु