Sunday, January 26, 2025

बलि प्रथाको बिरोध मा र्याली

पछिल्लाे समाचार

रौतहट २४ असोज / श्री कृष्ण प्रणामी युवा परिषदले रौतहटको चन्द्रपुर नगरपालिकामा बलि प्रथाको विरुद्ध मौन र्याली निकालेको छ ।
कृष्ण प्रणामी धर्मलम्बीले मठ मन्दिरमा गरिने बलि प्रथा विरुद्ध मौन र्याली निकालेका हुन् । 
‘पशुबलि धर्म हैन अपराध हो, कुनै पनि बहाना मा बलि दिनु पाप हो , शाकाहारी जीवन शैली अपनाऔँ, जस्तो आहार त्यस्तै विचार’ लगायत नारा लेखिएका  प्लेकार्ड बोकेर सयौँ मानिस र्यालीमा सहभागी र थिए।
बलि बिरुद्ध सचेतनाको लागि मौन र्यालीको आयोजना गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल रौतहटका अध्यक्ष बिमल सापकोटाले बताएका छन । 
र्यालि पछि कार्यक्रममा श्री १०८ अमृतराज महाराज, बैष्णव परिषद रौतहटका अध्यक्ष अच्युतम सुवेदी, विश्व हिन्दु महासंघ रौतहटका अध्यक्ष शालिग्राम उपाध्याय, ब्रम्हकुमारी राज योग केन्द्रका गुणराज लामिछाने लगायतले बलि प्रथाको विरुद्ध मन्तव्य राखेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु