Thursday, June 13, 2024

बिधुत चोरेको आरोपमा पक्राउ

पछिल्लाे समाचार

रौतहट २० असोज / हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटबाट १३ जना मानिस पक्राउ परेका छन ।
बिधुत चुहावट नियन्त्रको लागी खटिएको विद्युत प्राधिकरणको कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको परोहा र राजपुर नगरपालिकाबाट १३ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।
विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयोगमा पक्राउ गरि नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण गौर शाखाले जनाएको छ । ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु