Friday, June 21, 2024

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ

पछिल्लाे समाचार


सिरहा , ११ कात्तिक //

सिरहामा बोक्सीको आरोप लगाई दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिराहाको कल्याणपुर नगरपालिका– १० पर्चिलवाका स्थानीय युवक रामविलाश यादव रहेका छन्।
उनले सोहि ठाँउका स्थानिय ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ।
व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा यादवलाई पक्राउ गरेको उनले बताएका छन्।
उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु