Wednesday, May 22, 2024

महोत्तरीमा सर्पले डसेर बालकको मृत्यु

पछिल्लाे समाचार


महोत्तरी,१७ असोज //
महोत्तरीमा सर्पले डसेर गएराति एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–२ अनैठाका मदन रामका १३ वर्षीय छोरा आकाश राम रहेका छन्।

ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
उनका अनुसार सर्पले डसेपछी बालकलाई धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।

केन्द्रमा उपचार गरी घर फर्किदै गर्दा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा उपचार कै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु