Saturday, March 2, 2024

यमुनामाइमा नेपाली कांग्रेसको पार्टी प्रवेश एवम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


रौतहट,२६ असोज //
रौतहटको यमुनामाइ गाउँ पालिका ४ सरुअठामा नेपाली कांग्रेस गाउँ कमिटीको पार्टी प्रवेश एवम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।


विभिन्न पाटी त्याग गरी सयौंको संख्यामा मानिस नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
एमाले ,जसपा तथा जमत पाटी त्याग गरी तीन सयको संख्याको मानिसले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेस रौतहटको जिल्ला सभापति एवम प्रतिनिधि सभा उमेदवार कृष्ण प्रसाद यादवले सम्पूर्ण नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई टीका माला लगाई नेपाली कांग्रेसमा स्वागत गरेका हुन्।

यादवले सम्पूर्ण नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै विजया दशमीको शुभकामना समेत प्रदान गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताहरु सन्तु प्रसाद यादव , नितिश कुमार गुप्ता , विधायक प्रत्यासी राजेश चोधरी , नागेन्द्र चोधरी , लालबाबु यादव लगाएत स्थानियहरुको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु