Wednesday, May 22, 2024

यस्तो छ आजको मौसम

पछिल्लाे समाचार


रौतहट ,३ कार्तिक //
आज पनि देशको अधिकांस स्थानमा मौसम बदली रही बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार बिहान ६ बजे महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको छ।

प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन। चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ।
भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु