Friday, May 24, 2024

युवा नेता तिमलसिनाले गरे व्यक्तिगत लगानीमा बाटो निर्माण

पछिल्लाे समाचार


रौतहट ,२३ असोज //
रौतहटको फतुवा विजयपुर नगरपालिकाका युवा नेता अजय तिमलसिनाले आफ्नो व्यक्तिगत लगानीमा बाटो निर्माण तथा मर्मत गरेका छन्।
नेकपा माओवादी केन्द्र वडा ११ का वडा कमिटीका पदाधिकारीहरु रमाकान्त चौधरी तथा नन्दलाल चौधरीको अगुवाईमा नेता तिमलसिनाले सोही वडाका विभिन्न सडकहरुको मर्मत तथा निर्माण कार्यमा जुटेको अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय सदस्य राजेश पटेलले बताएका छन्।
तिमलसिनाको व्यक्तिगत लगानीमा भट्टी राँगी देखि दुधिअवा र गर्जा देखि राँगी सम्मको बाटो सम्याउने, खाल्टो पुर्ने तथा बाटोमा ग्रेभल राख्ने काम भएको उनले जनाएका छन् ।


माओवादी केन्द्र फतुवा विजयपुरका इन्चार्ज समेत रहेका तिमलसिनाले यसअघि पनि नगरपालिकामा विभिन्न विकास निर्माण तथा समाजिक कार्य गर्दै आएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु