Monday, October 7, 2024

रतनपुरमा प्राथमिक स्वास्थ्य केन्द्रको लागी पहल गरिने : मेयर खनाल

पछिल्लाे समाचार

निजगढ,२३ आश्विन । निजगढका मेयर सुरेश कुमार खनालले रतनपुर स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति गर्नकोलागी पहल थाल्ने बताउनुभयो । निजगढको रतनपुर स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुदै निजगढ वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पताल निर्माण भईरहेकोले रतनपुर स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति गर्न पहल अघि बढाउने जनाउनुभयो । मेयर खनालले नागरिकको स्वास्थ्य सुरक्षाकोलागी नगरपालिकाले सन्चाल गरेका कार्यक्रम र योजना फलदायी भएको समेत बताउनुभएकोछ । स्थानीय सरकार गठन हुनुभन्दा अघिको अवस्था र स्थानीय सरकार गठन भएपछीको नगर क्षेत्रको स्वास्थ्य सुरक्षा अवस्थामा उल्लेख्य प्रगति भएको उंहाले दाबि गर्नुभयो । नगरपालिकाले न्युनतम शुल्कमा स्वास्थ्य परिक्षण गर्नकोलागी प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा आधुनिक ल्याबको व्यवस्था,बिभिन्न रोगका औषधिहरुको निशुल्क व्यवस्था,प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा संचालित सर्पदंश उपचार केन्द्रको प्रभावकारीता,निजगढ र रतनपुरमा बर्थीङ सेन्टर संचालन,नगरका वडाहरुमा स्वास्थ्य क्लिनिक संचालन,विध्यालयका शिक्षक र विध्यार्थीहरुकोलागी सामुदायिक विध्यालयहरुमा स्वास्थ्यकर्मिको व्यवस्था,नगरस्तरीय अस्पताल निर्माण लगायत स्वास्थ्य सुरक्षाकोलागी आवश्यक अन्य योजना र व्यवस्थापनका कारण नगर क्षेत्रका नागरिकहरुलाई सहजता भएको मेयर खनालले बताउनुभयो । ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षामा पंहुच पुर्याउनकोलागी रतनपुर स्वास्थ्य चौकीमा आवश्यक उपकरण सहित स्वास्थ्यकर्मी,एम्बुलेन्सको पनि व्यवस्था गरेको बताउनुहुँदै खनालले नगरपालिकाबाट थप कार्ययोजनाहरु अघि सारेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मार्फत महिलाहरुको प्रजनन प्रणालीमा सुधार आएको बताउनुहुदै कार्यक्रमलाई थप व्यवस्थित बनाउन नगरपालिकाले प्रयास गरिरहेको जनाउनुभयो । भवन उद्घाटन कार्यक्रममा भवन निर्माणकालागी जग्गा दान गर्ने जग्गादाता लगायत भवन निर्माणमा सहयोग गर्ने स्थानीयलाई सम्मान गरिएकोथियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु